नियम २५
मृत्यु प्रमाणपत्र जारी गर्ने
: (१) नियम २४ बमोजिमको जानकारी प्राप्त भएमा सदस्य संस्थाले खटाएको कर्मचारी, सम्बन्धित प्राविधिक वा समूहको अध्यक्षले यथाशीघ्र मृत पशुधनको यकिन गरी अनुसूची-६ बमोजिमको ढाँचामा मृत पशुधनको मृत्यु प्रमाणपत्र जारी गरिदिनु पर्नेछ ।

(२) नियम १९ को उपनियम (१) बमोजिम खरिद-बिक्री स्थलमा नै सुरक्षण भएको पशुधन गन्तव्य स्थानमा नपुग्दै बाटोमा मृत्यु भएमा सुरक्षणकर्ताले तत्कालै सम्बन्धित पशु सेवा कार्यालयका प्राविधिक वा कोषबाट मान्यता प्राप्त प्राविधिक समक्ष लिखित सूचना दिनु पर्नेछ । त्यस्तो सूचना प्राप्त भएपछि सम्बन्धित प्राविधिकले यथाशीघ्र त्यस्तो पशुधनको मृत्यु भएको स्थलमा गई जाँची मृत पशुधनको मृत्यु प्रमाणपत्र जारी गरिदिनु पर्नेछ ।

(३) गधा, घोडा, घोडी, खच्चड वा झोपाको नियम ७ को खण्ड (क) बमोजिमको सुरक्षण सहमतिपत्रमा उल्लिखित दैनिक हिड्ने मार्गमा मृत्यु भएमा सो स्थानबाट नजिकको पशु सेवा कार्यालयको प्राविधिकले त्यस्तो मृत पशुधनको मृत्यु प्रमाणपत्र जारी गरिदिनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम मृत्यु प्रमाणपत्र जारी गर्नु अघि सम्बन्धित प्राविधिकले सुरक्षित पशुधनको मृत्युको कारण खुलाई प्राकृतिक विपद्‌ वा जंगली जनावरको आक्रमणको कारणबाट भएकोमा सम्बन्धित सदस्य संस्था र सामूहिक जमानी अन्तर्गत खरिद भई

१ पहिलो संशोधनदवारा झिकिएको । सुरक्षण भएका पशुधनको हकमा त्यस्तो समूहको अध्यक्ष समेतको रोहबरमा स्थानीय बासिन्दाबाट मुचुल्का गराउनु पर्नेछ ।